नेतृत्वको नालायकी र दलाल पुँजीवादले देश बिग्रियो : घनश्याम भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेताहरूको गलत प्रयास र नालायक नेतृत्वका कारण देश बिग्रिएको टिप्पणी गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित ‘वर्तमान राजनीतिक समस्या र समाधान’ अन्तरक्रियामा उनले गणतन्त्रको कार्यकारी नेतृत्वले सत्तामा टिक्न राज्यको स्रोत दोहन गरेको र रोजगारी तथा सुशासनमा ध्यान नदिएको बताए ।

“गणतन्त्रलाई चाहिएको नेतृत्व नालायक बन्यो, जसले राज्य दोहनमा लागेर विकास र सुशासनलाई बेवास्ता गर्‍यो,” भुसालले भने। उनले नाफा कमाउने तर उद्यम नखोल्ने पुँजीपति र नकमाएको सम्पत्तिमा बाँच्ने नेताहरूको गठबन्धनलाई ‘दलाल पुँजीवाद’ को संज्ञा दिँदै यही नै नेपालको विकास र सुशासनको प्रमुख बाधक भएको बताए ।

भुसालले समाधानका लागि गणतन्त्रको नेतृत्वले आफ्नो ठाउँ छोड्नुपर्ने र मुलुकको समस्या बुझेर काम गर्नुपर्ने सुझाए । अन्यथा, व्यवस्थालाई चुनौती दिने पात्रहरू समाजमा जन्मिरहने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *