भिजिट भिसा प्रकरणबारे झलनाथ खनाल : एउटालाई बलिको बोको बनाएर अरू चोखिन खोज्दैछन्

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले भिजिट भिसा प्रकरणमा एक जनालाई बलिको बोको बनाएर अरू चोखिन खोजेको बताएका छन् । १८ औं गणतन्त्र दिवसको अवसरमा पार्टी कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा उनले विमानस्थलमा धेरैको योजनाका साथ भ्रष्टाचारको धन्दा चलिरहेको बताएका हुन् ।

‘एयरपोर्टको धन्दा कस्ता कस्ता हुँदा रैछन् । धेरैको योजनाका साथ भ्रष्टाचारको धन्दा चलिरहेको छ । एउटालाई बलिको बोको बनाएर अरू चोखिन खोज्दैछन् । यस्ता खालका कुराहरू भइराखेका छन्,’ नेता खनालले भने ।

सत्तामा रहेकाहरूबाटै गणतन्त्रमाथि खतरा रहेको टिप्पणी गर्दै आम जनतामा निराशा बढेकोसमेत खनालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *