काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी परियोजनाको विरोध गरेकोमा प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलप्रति आक्रोश व्यक्त गरेका छन्। रावलले दुई जिब्रे कुरा गरेको प्रधानमन्त्री देउवाको आरोप छ।
रावलले मन्त्री हुँदा एमसिसीको विरोध नगरेको तर अहिले विरोध गरेको भन्दै देउवा आक्रोशित भएका थिए। ओली सरकारमा रावल रक्षामन्त्री हुँदा त्यो मन्त्रिपरिषदले एमसिसी पारित गरी संसदमा प्रस्ताव ल्याएको देउवाको भनाइ थियो।
‘त्यसबेला किन विरोध गर्नुभएनरु राजीनामा किन दिनु भएन,’ रावललाई प्रश्न गर्दै देउवाले भने, ‘अहिले आएर बोल्न लाज छैनरु भीम रावल के हेरेर बसे त्यसबेला अहिले विरोध गर्दैछन्।’ आज नुवाकोटको किस्पाङ गाउँपालिकाको भवन उद्घाटन कार्यक्रममा बोलेका प्रधानमन्त्री देउवाले ओली सरकारले संसदमा पेश गरेको एमसिसी प्रस्ताव आफूहरूले पारित गरेको बताए।