आज राती यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशभर आंशिकदेखि साधारणतया बदली हुने जनाएको छ । आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

अन्य भूभागमा एक–दुई स्थानमा वर्षा हुने अनुमान छ । साथै, उच्च पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने बताइएको छ ।

भोलि दिउँसो पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा बदली रहने र केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । बाँकी क्षेत्रमा मौसम आंशिक बदलीदेखि सफा रहनेछ ।

उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना कायम छ मौसममा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *