काठमाडौं । नेपालमा प्रि-मनसुन गतिविधि फेरि सक्रिय भएको छ । बिहीबारदेखि देशका धेरै ठाउँमा वर्षा शुरू भएको छ । केही ठाउँमा हावाहुरी र चट्याङसहितको वर्षा भएको छ । यो क्रम अब झन्डै दुई हप्तासम्म रहने मौसमविद्ले बताएका छन् ।
यो वर्षाले मनसुन जोड्ने सम्भावना पनि रहेको मौसमविद् विनोद पोख्रेलले बताए । अहिले प्रि–मनसुनकै अवस्था छ । औसतमा नेपालमा जुन १३ मा मनसुन भित्रिन्छ भने अक्टोबर २ मा बाहिरिन्छ ।
काठमाडौं उपत्यकासहित देशभर बढेको गर्मी अब हरेक दिनजसो पर्ने पानीले केही कम हुने देखिएको छ । तर पश्चिम तराईमा अझै केही दिन चर्को गर्मी हुने मौसमविद् पोख्रेलको भनाइ छ ।