काठमाडौँ। नेपाल सरकारले पोड वे सेवालाई अगाडि बढाउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२-०८३ को वार्षिक बजेट प्रस्तुत गर्दै सो जानकारी दिनु भएको हो ।
यसअघि कोशी प्रदेशमा ‘पोडवे’ सेवा सञ्चालनका लागि अध्ययन गर्न सम्झौता भएको छ । २०८२ वैशाख १८ र १९ गते कोशी प्रदेशमा भएको लगानी सम्मेलनमा कोशी प्रदेश सरकार र काठमाडौँ पोड वे कम्पनीबिच सम्झौता भएको छ ।
‘पोड वे’ रेल प्रविधिमा आधारित सार्वजनिक यातायातको नवीन साधन हो । पोड वे यन्त्रको सहायताले तारको लिकमा गुड्ने अत्याधुनिक प्रविधि हो । रेलको अत्याधुनिक स्वरूप भएकाले यसलाई सार्वजनिक यातायातका क्षेत्रमा विकास गरिएको नयाँ प्रविधिका रूपमा लिइन्छ ।