काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चुनावी अभियानका क्रममा कर्णाली प्रदेशमा पुग्नुभएको छ । आज उहाँले कर्णाली प्रदेशका तीन जिल्लाका पाँच वटा स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्नुहुने कार्यतालिका छ ।
माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीका अनुसार दाहालले जुम्लाको शेरा खेत र सिंजा, हुम्लाको सर्केगाड तथा कालिकोटको खाँडाचक्र नगरपालिकाको मान्म र रास्कोट नगरपालिकामा हुने सभालाई सम्बोधन गर्नुहुनेछ । शेरा खेत र सिंजामा आयोजना हुने सभालाई सम्बोधन गर्न दाहालसहित कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का जानुहुनेछ ।