अध्यक्ष नेपालद्वारा क्रिकेट खेलाडीलाई बधाई

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली क्रिकेट टोली विश्वकप छनोटमा पुगेकामा एक सन्देश जारी गर्दै खुसी व्यक्त गर्नुभएको छ ।

अध्यक्ष नेपालले सन्देश मार्फत खेलाडीलाई बधाई दिनुभएको छ । सन्देशमा उहाँले खेलाडीहरूको अथक मेहनतबाट प्राप्त ऐतिहासिक सफलताप्रति खुसी प्रकट गर्दै आगामी प्रतिस्पर्धामा पनि सफलतको शुभकामना व्यक्त गर्नुभएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज भएको एकदिवसीय खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै विश्वकप छनोटमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *