अध्यक्ष नेपालद्वारा भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दार कार्यमा खटिन आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले डोटीको भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दार कार्यमा खटिन आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ। डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाइ गएराती ६.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

अध्यक्ष नेपालले बुधबार विज्ञप्ति जारी गर्दै डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँमा गएको भूकम्प परी घाइते भएकालाई तत्काल राहत र उद्वारमा खटिन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ। उहाँले भूकम्प प्रभावितहरुलाई मानवीय सेवा तथा उद्वार राहात कार्यमा सहयोग पुर्याउन स्थानीय, प्रदेश र संघीय सरकारलाई पनि आग्रह गरेका छन्।

डोटीमा मंगलबार राती भूकम्प जाँदा घर भत्किएर ६ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। मध्यराति २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घरहरू भत्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *