काठमाडौं । बुधबार बस्ने प्रतिनिधि सभाको बैठकमा सहभागी हुन सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेले आफ्ना सांसदलाई ह्विप जारी गरेका छन् ।
बुधबार बस्ने बैठकमा अध्यादेशहरु स्वीकृतिका लागि प्रस्तुत हुने जानकारीसहित दुवै दलले सांसदलाई ह्विप लगाउँदै अनिवार्य उपस्थित हुन भनेका हुन् ।
जसपा नेपालसँग भूमिबाहेक अन्य ५ अध्यादेश निर्णयार्थ पेश गर्ने सहमति भएपछि सरकारले भोलि सदनमा पेश गर्दैछ । तसर्थ, भोलिको बैठकमा अध्यादेश पारित गर्नको लागि पेश गर्ने भएकाले काँग्रेस एमालेले आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुने निर्देशन गरेका हुन् । भूमि अध्यादेश अस्वीकार गर्ने जसपा नेपालको निर्णयपछि सरकारले अध्यादेश निर्णयार्थ पेश गर्न ढिलाइ गरेको थियो । भोलिको बैठकमा अध्यादेश पारित गर्नको लागि पेश गर्ने भएकाले कांग्रेसले पार्टीका सांसदहरुलाई अनिवार्य उपस्थित हुने निर्देशन गरेको हो ।