अनेरास्ववियूका पूर्वअध्यक्ष पराजूली केन्द्रीय सदस्य मनोनित

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सुदेश पराजुलीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्वबाट बिदा भएसँगै उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ ।

केही महिनाअघि नै पराजुली विद्यार्थी संगठनबाट बिदा भएसँगै नयाँ नेतृत्वमा आरती लामा आएकी छन् । यससँगै पार्टीले पराजुलीलाई केन्द्रीय समितिमा प्रवेश दिएको हो । उनीसहित २१ जनालाई एकीकृत समाजवादीले केन्द्रीय सदस्यमा मनोनीत गरेको सो पार्टीले मातहतका कमिटीलाई पठाएको अन्तरपार्टी निर्देशनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *