अन्डरग्राउण्ड पार्किङमा राखिएको पसल एवं अन्य संरचना महानगरपालिकाद्वारा हटाउन सुरू

काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रमा अन्डरग्राउण्ड पार्किङमा राखिएको पसल एवं अन्य संरचना हटाउन सुरू गरेको छ ।

बानेश्वर क्षेत्रमा नगर प्रहरीले ट्राफिक प्रहरीको सहयोगमा त्यस्ता पसलहरू हटाउन निर्देशन दिइरहेका छन् । सोक्रममा बानेश्वर प्लाजाको अण्डरग्राउण्ड पार्किङका पसल खाली गराइएको छ । अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्यापारिक प्रयोजनका लागि प्रयोग गरेको पाइएको भन्दै महानगरले सूचनामार्फत हटाउन यसअघि नै जानकारी गराएको थियो । ३५ दिने म्याद सकिएसँगै महानगर आजदेखि स्थलगतरूपमा कारबाहीमा उत्रिएको हो ।

साउन तेस्रो साता मेयर बालेन्द्र साह अन्डरग्राउण्ड पार्किङमा राखिएको व्यापार हटाउन निर्देशन दिनुभएको थियो। आज अवलोकन गरी कुनै संरचना हटाउन अटेर गरेको पाइए तत्काल कारबाही थालिने महानगरले जनाएको छ । मेयर साहले यसअघि नेपाल प्रहरी र ट्राफिक अधिकारीसँग सल्लाह गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *