अमेरिकी राजदूत थम्पसन र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं। नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसन र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार बिहान भेटवार्ता भएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई भेट्न थम्पसन ओलीको निजी निवास बालकोट पुग्नुभएको हो।

राजदूत थम्पसनसँगको भेटपछि अध्यक्ष ओलीले बालकोट पेजमा भेटघाटको तस्बिर राख्दै शिष्टाचार भेटघाट भएको जनाउनु भएको छ। भेटमा दुई देशबीचको सम्बन्ध तथा अन्य समसामयिक विषयमा छलफल भएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *