अर्थ मन्त्रालयका कर्मचारीहरुका लागि महंगी भत्ता मात्रै ५० लाख

काठमाडौं । महँगी भत्ता मात्र अर्थमन्त्रालयका कर्मचारीहरुले  ५० लाख ६० हजार १ सय ५० रूपैयाँ पाएका छन् ।  आर्थिक वर्ष २०७८/७९ मा महँगी भत्ताका लागि ५१ लाख रूपैयाँभन्दा बजेट छुट्याएकोमा अझै ४३ हजार ८ सय रूपैयाँ भुक्तानी बाँकी रहेको छ ।

अहिले मुलुकमा ९ प्रतिशत नजिक महँगी पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । सरकारी कर्मचारीलाई महँगी भत्ताको व्यवस्था भएपनि सर्वसाधारणको भान्सा सहज हुने गरी महँगी नियन्त्रणमा चासो नदेखाएको भन्दै सरकारको विरोध प्रदर्शन भैरहेका छन् । 

मन्त्रालयले  कर्मचारीको बैठक भत्ताबापत  ४ लाख २२ हजार छुट्याएकोमा  मन्त्रालयलका कर्मचारीले बैठक भत्ताबापत ४२ लाख १९ हजार भन्दा बढी पाएका बताएुको छ । अर्थमन्त्रालयका कर्मचारीका लागि विभिन्न शीर्षकमा ३६ करोड ९३ लाख खर्च भएको मन्त्रालयले जनाएको छ ।  आर्थिक वर्ष २०७८/७९ मा अर्थमन्त्री जनार्दन शर्मा र सचिवालयमा ३९ लाख ७३ हजार रूपैयाँ पारिश्रमिक भुक्तानी गरिएको छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *