काठमाडौं। प्रहरीले काठमाडौं महानगरपालिका-४ महाराजगंज शंखपार्कस्थित सडकबाट अवैध तरिकामा ल्याएको एक किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ। धादिङ रुबीभ्याली गाउँपालिका-३ घर भई हाल काठमाडौं टोखा बस्ने ३० वर्षीय तोकमान तामाङ लगायत २ जनालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।