काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। आइतबार बिहान देशका पहाडी भू- भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, पश्चिम तराई र मध्य तथा पूर्वीतराईका केही भू -भागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार दिउँसो भने देशको पहाडी भू- भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू- भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू -भागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। त्यस्तै, देशको हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आइतबार राति भने देशको पहाडी भू -भागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । त्यस्तै, बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, प्रदेश -१ को पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। त्यस्तै, प्रदेश -१, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।