आज नेप्से परिसूचक १०.६६ अङ्कले बढेर १८४४.३६ विन्दुमा

काठमाडौं । शेयर बजारमापक नेप्से परिसूचक मङ्गलबार बढेको छ ।  नेप्से परिसूचक आज १०.६६ अङ्कले बढेर १८४४.३६ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा उत्पादन र होटल समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज २६९ वटा कम्पनीको २८ लाख ३६ हजार कित्ता शेयर ७७ करोड ४७ लाख रुपैयाँमा कारोबार भएको छ । 

आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको शेयर साढे ६ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि युनिक नेपाल लघुवित्तको शेयर ८.५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *