आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । आज संङ्घीय संसद भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिनुहुने छ।

त्यस्तै, सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्नुहुने छ भने उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *