आज सुनचाँदीको भाउ स्थिर

काठमाडौं। साताको पहिलो दिन आज नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि शुक्रबारकै मूल्यमा सुनचाँदी कारोबार भइरहेको हो ।

आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको ९३ हजार ४०० रुपैयाँ कायम छ । यस्तै, आइतबार चाँदीको भाउ पनि तोलाको ११ सय ५० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *