काठमाडौं। आज सुन प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार १०० र तेजावी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार सुन तोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य भने पाँच रुपैयाँले ईटेर प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।