काठमाडौं । इन्द्रावती गाउँपालिका वडा नं ६ को चुनाव शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । बिहान ८ बजेबाट सुरु भएको चुनाव दिउँसभरि नै शान्त तरिकाले सकिएको हो ।

चुनावमा ९५ वर्षीय वृद्धादेखि अशक्तहरुको समेत उल्लासपूर्ण सहभागिता देखिएको वडाध्यक्षका उम्मेद्वार चन्द्रप्रसाद कोईरालाले जानकारी दिनुभयो ।

चुनावमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा लगायतका विभिन्न दलहरु सहभागी रहेका थिए । चुनावमा मत राम्रो खसेकोले आफ्नो पक्षमा राम्रो नतिजा आउनाने दलका उम्मेद्वारहरु विश्वस्त देखिएका छन् ।