काठमाडौंं। बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य उकालो लागेको छ । पछिल्लो केही दिनयता ओरालो लागिरहेको सुनको भाउ आज बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ५०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको हो ।
बुधबार प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज बढेर ९६ हजार ३०० रुपैयाँमा उक्लिएको छ भने ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ९५ हजार ८०० रुपैयाँ पुगेको छ । चाँदी पनि प्रतितोला पाँच रुपैयाँले बढेर कारोबार हुने महासंघले जनाएको छ । यसअघि प्रतितोला एक हजार २५० रुपैयाँ रहेको चाँदीको भाउ आज बढेर एक हजार २५५ रुपैयाँ पुगेको हो ।