काठमाडौं। उच्च अदालत पाटनले उपत्यकाका ३ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन आदेश दिएको छ । पाटनले काठमाडौ उपत्यकाका रत्न राज्यलक्ष्मी, नेपाल कमर्स र पाटन संयुक्त क्याम्पसमा स्ववियु चुनाव गराउन अन्तरिम आदेश दिएको हो ।
विद्यार्थीहरुले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश जगदिश घिमिरेको एकल इजलासले स्ववियु निर्वाचन गराउन अन्तरिम आदेश दिएको हो ।
त्रिभुवन विश्वविद्यालयले मुलुकका सबै आंगिक र सामुदायिक क्याम्पसमा चैत ५ स्ववियु निर्वाचन तय गरे पनि यी क्याम्पसमा चुनाव रोकिएको थियो । विद्यार्थी संगठनहरुबीच विवाद देखाएर ती क्याम्पसमा अझै निर्वाचन भएको छैन । अदालतले क्याम्पससँग निर्वाचन नगराउनुको कारण पनि माग गरेको छ ।