उपनिर्वाचनमा नेपाली सेना परिचालन गरिने 

काठमाडौं । रिक्त प्रतिनिधिसभा सदस्यको पूर्तिको लागि  वैशाख १० गते हुने उपनिर्वाचनमा नेपाली सेना परिचालन गरिने भएको छ । निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउन सेना खटाउन लागिएको  हो।

उपनिर्वाचनमा सेना परिचालनको लागि राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिनुभएको छ । उपनिर्वाचनमा सेना परिचालनको लागि राष्ट्रपतिले स्वीकृत दिनुभएको शीतल निवासले जनाएको छ ।  

‘एकीकृत सुरक्षा कार्य योजना, २०७९ मा व्यवस्था भएअनुसार सुरक्षा निकायबीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७२ र १२ र २८ को सिफारिसका आधारमा मन्त्रिपरिषद्को मिति २०७१ र १२ र २८ को निर्णय तथा प्रधानमन्त्रीको मिति २०७१ र १२ र ३० को पत्रको आधारमा सम्वत् २०८० साल वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ’राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आइतबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।  वैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन हुँदैछ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *