काठमाडौं । नेकपा एकीकृत समाजवादी जुम्लाको संयोजकको जिम्मेवारी तीर्थबहादुर बुढालाई दिइएको छ। केन्द्रीय कमिटी सदस्य बुढालाई आगामी निर्वाचनमा प्रचार–प्रसारलगायत सम्पूर्ण कामको संयोजन गर्ने जिम्मेवारी दिइएको पार्टीका महासचिव वेदुराम भुसालले बताउनुभयो ।
एकीकृत समाजवादीले जुम्ला जिल्ला र कर्णाली प्रदेश कमिटीका पाँच नेतालाई पार्टीको साधरण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ। केही नेताहरूले पार्टीको हितविपरित कार्य गरेकाले कारबाही गरिएको महासचिव भुसालले बताउनुभयो । कारबाहीमा परेका नेताहरूमा देवीलाल थापा, आदीप्रसाद न्यौपाने, नन्दराम रोकाय, रतनबहादुर रोकाय र धर्मराज बराल छन्।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनबाहेकका अन्य दलका नेतालाई सहयोग गरेकाले उनीहरुलाई निष्काशन गरिएको महासचिव भुसालले बताउनुभयो ।