एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।

मंगलबार बिहान बसेको सचिवालय बैठकले सर्तसहित प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो।

आफूहरुले राखेको एजेन्डा पूरा नभए कुनै पनि बेला फिर्ता हुने सर्तमा प्रचण्डलाई विश्वासको मत दिने निर्णय भएको उहाँले बताउनुभयो ।  एकीकृत समाजवादीबाट प्रतिनिधि सभामा १० जना सांसद छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *