एमालेले राष्ट्रपति पदका लागि सुवास नेम्वाङलाई उम्मेदवार बनाउने

काठमाडौं । नेकपा एमालेले राष्ट्रपति पदका लागि सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रपति निर्वाचनका विषयमा शुक्रबार बसेको सत्ता साझेदार नेकपा माओवादी केन्द्रसहित ८ दलको बैठकले कांग्रेसको उम्मेदवारलाई जिताउने निर्णय गरेपछि वर्तमान सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *