ओखलढुंगामा पहिलो दिन सय जना बढीको उम्मेदवारी दर्ता


ओखलढुंगा । 
स्थानीय तहको निर्वाचनका लागि जिल्लामा मनोनयन दर्ता शुरु भएको छ । आज (आइतवार) जिल्लाभर विभिन्न दलबाट सय जनाभन्दा बढी उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।

जिल्लाको सिद्धिचरण नगरपालिकामा राष्ट्रिय जनमोर्चाबाट ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, चिसंखुगढीमा माओवादी केन्द्र र राप्रपाबाट जम्मा १७ जना र खिजीदेम्बाको भने पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाका प्रमुख प्रेम न्यौपानेले जानकारी दिनुभयो ।

त्यस्तै, मोलुङमा नेकपा माले र राप्रपाबाट १/१ जना गरी जम्मा २ जनाले, सुनकोशीमा नेपाली कांग्रेस, मंगोल नेशनल अर्गनाईजेसन र जसपा गरी जम्मा १४ जनाले मनोनयन दर्ता गराएका छन् ।

मानेभञ्ज्याङमा माओवादी केन्द्र र मंगोल नेशनल अर्गनाईजेसनबाट जम्मा १७ जनाको उम्मेदवारी दर्ता भएको छ ।  चम्पादेवीमा मंगोल नेशनल अर्गनाईजेसनबाट मात्रै जम्मा ७ जना, लिखुमा नेकपा एमाले र स्वतन्त्रबाट जम्मा ९ जनाको उम्मेदवारी परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *