कवाडी गोदाममा आगलागी

काठमाडौं । ललितपुर महानगरपालिका वडा नं.३ मा रहेको धोबीघाट चक्रपथस्थित कवाडी सामग्री राखिएको गोदाममा आगलागी भएको छ । आगलागीमा परि ६५ वर्षीय शिव पोदार र राम आशिष शाह सहित ३ जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधीरराज शाहीले बताउनु भयो।

दमकल, प्रहरी, नगर प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको छ । आगो लाग्नुको कारण र क्षतिको विवरण आइसकेको छैन ।घाइतेहरूलाई उपचारका लागि अस्पतालमा लगिएको छ । घाइते कवाडी गोदामका कामदार भएको एसपी शाहीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *