कस्तो रहला आज देशभरको मौसम ?

काठमाडाैं । देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही प्रदेश एक, बागमती र गण्डकी प्रदेशकै पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा तथा सोही प्रदेशको उच्च पहाडी भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत छ ।

बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।  राति प्रदेश नं १ का पहाडी भू–भागमा आंशिकदेखि पूर्ण बदली रही बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागले तराईका केही  भू–भागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिकरूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध  गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *