कांग्रेसकी मुक्ताकुमारी यादवद्वारा उपसभामुख पदमा मनोनयन दर्ता

काठमाडौं। नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गराउनु भएकाे छ । शुक्रबार संघीय संसद सचिवालयमा मुक्ता कुमारीले उपसभामुख पदमा मनोनयन दर्ता गराउनु भएकाे हाे ।

उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला रहनु भएकाे छ । धनुषाकी यादव समानुपातिक सांसद हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *