काठमाडौं । नेपाली कांग्रेसको आज दिउँसो १ बजेको लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठक सरेको छ ।
कांग्रेस बैठक प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता पौडेलको निधनको कारण सरेको हो । केन्द्रीय समिति बैठक साउन २ गतेको लागि सारिएको पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव डा प्रदिप पराजुलीले जानकारी गराउनुभएको छ ।
कार्यवाहक मुख्यसचिव पराजुलीका अनुसार केन्द्रीय समिति बैठक साउन २ गते दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्नेछ ।