कांग्रेसको संस्थापनइतर समूहद्वारा छुट्टै चियापान कार्यक्रमको आयोजना

काठमाडौं। नेपाली कांग्रेसको संस्थापनइतर समूहले छुट्टै चियापान कार्यक्रमको आयोजना गरेको छ। सभापति शेरबहादुर देउवाका गतिविधिविरुद्ध संघर्षमा उत्रिएको संस्थापनइतर समूहले आज विहान दशैंको अवसरमा छुट्टै चियापान कार्यक्रमको आयोजना गरेको हो। 

बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूहले आयोजना गरेको छुट्टै चियापान कार्यक्रममा कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री थापालगायतका शीर्ष नेता उपस्थित छन्। चियापान कार्यक्रममा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ।

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा संस्थापनइतर समूहले व्यापक असन्तुष्टि जनाउँदै आएको छ। प्रत्यक्ष र समानुपातिकमा कम्तीमा ४० प्रतिशत सीटको बटमलाइनसहित संस्थापन पक्षलाई दबाब दिँदै इतर समूह हिजो सानेपास्थित केन्द्रीय कार्यालयमा धर्नासमेत दिएको थियो।

आफूहरूको माग सम्मानजनक रूपमा सम्बोधन नभए देशभर गठबन्धनविरुद्ध बागी उम्मेदवार उठाउने चेतावनी इतर समूहका नेताहरूले दिइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *