काठमाडौं। काठमाडौं महानगरपालिकामा आइतबार बिदाको दिन बिहान कार्यालय खुल्ने भएको छ । प्रमुख प्रशासकीय अधिकृतको निर्णयानुसार बिदा भए पनि आइतवार बिहान ८ बजेदेखि ११ बजेसम्म राजश्व विभाग र वडा कार्यालयहरु खुल्ने व्यवस्था मिलाइएको हो ।
नेपाल सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबारका दिन सार्वजनिक बिदा दिने निर्णय परीक्षणको रुपमा लागू गरेको छ । मुख्यतः कार्यालयका सवारी साधनमा प्रयोग हुने इन्धन खर्च कटौतीको निम्ति लागु गरिएको यो व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुने अवस्था देखिएको छैन ।
आंशिक समय कार्यालय खुल्ला गर्ने प्रवृत्तिले सर्वसाधारणको काम नहुने र कार्यालयको सवारी साधन प्रयोगमा पनि रोक नलाग्ने भएकाले यसको औचित्य पुष्टि गर्न गाह्रो हुँदै गएको छ ।