काभ्रेपलाञ्चोक । नेकपा एमालेले धमाधम उम्मेदवारी सार्वजनिक गर्न सुरु गरेको छ । एमालेले काभ्रेपलाञ्चोक जिल्लामा रेशम लामा र गोकुल बाँस्कोटाको उम्मेदवार छिनोफानो गरेको छ ।
योसँगै २३ असोजमा दुवैले निर्वाचन कार्यालयमा उम्मेदवारी दिनुहुनेछ । यस्तै प्रदेशसभा सदस्यतर्फ क्षेत्र नम्बर १ कमा दिलिप लामा र खमा चन्द्र लामाको उम्मेदवारी रहनेछ । क्षेत्र नम्बर २ कमा कुमार खकुरेल र खमा कुमार थापाले उम्मेदवारी दिने पक्का भएको छ ।