खोलाले बगाउँदा बेपत्ता भएकी बालिकाको शव फेला

डोटी । खोलाले बगाउँदा बेपत्ता भएकी बालिकाको शव फेला परेको छ ।

आइतबार ठूला खोलाले बगाउँदा बेपत्ता भएकी सायल गाउँपालिका–६ रौकला निवासी शेर बहादुर साउदकी ९ वर्षीया छोरी सीता साउदको शव सोमवार फेला परेको हो।

आज करिब १२ बजेतिर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टले जानकारी दिनुभयाे ।

अस्थायी प्रहरी पोस्ट कलेनाको प्रहरी टोलीले बगेको ठाउँदेखि अन्दाजी ३ किलोमिटर तल शव फेला पारेको र शवको पहिचान समेत भइसकेको उहाँले बताउनुभयाे । अस्थायी प्रहरी पोस्ट कलेनाको प्रहरी टोली सोमवार बिहानैदेखि उनको खोजी गर्न खटिएको थियो ।

आइतबार दिदीसँग गोरु गोठाला गएकी सीता अपराह्न ४ बजेतिर खोला तर्ने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *