काठमाडौं । नेपाली कांग्रेसका नेता वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन अहिलेको आवश्यकता र बाध्यता रहेको बताउनुभएको छ ।
आइतबार चितवनको भरतपुर विमानस्थलमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले गठबन्धन डर र कर दुवै भएको बताउनुभयो । पत्रकारको प्रश्नमा जवाफ दिँदै उहाँले काँग्रेसले गठबन्धन नगरे अरू दलले गर्ने जिकिर गर्नुभयो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आगामी मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेका छन्। त्यसका लागि सिट बाँडफाँड गर्ने कार्यदल गठन गरेका छन्।