गृहनगर रौतहटमा व्यस्त अध्यक्ष नेपाल

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सरकारी र पार्टीको काममा सहभागी हुन रौतहट पुग्नुभएको छ । गृहनगर रौतहटमा आयोजना भएको विकास निर्माण र शिलान्यासको कार्यक्रममा अध्यक्ष नेपाल सहभागी हुनुभएको हो ।

उहाँले गौर नगरपालिकामा रहेका विभिन्न सडक निर्माण कार्यको शिलान्यास गर्नुभएको छ । त्यस्तै अध्यक्ष नेपालले गौरमा रहेको सभाहलको शिलान्यास र राजदेवी नगरपालिकाका विभिन्न सडकको शिलान्यास गर्नुभएको हो ।

कार्यक्रममा शहरी विकासमन्त्री मेटमणि चौधरी, मेयरहरु शम्भु शाह र भिखारी प्रसाद यादवको पनि सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *