गौरा पर्वले आपसी प्रेम, विश्वास र सद्भाव बढाउँछ: राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गौरा पर्वले परिवार तथा सामाजिक जीवनमा आपसी प्रेम, विश्वास र सद्भाव प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ।

कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा उत्साह र उमङ्गका साथ मनाइने गौरा पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले गौरालगायतका पर्वले राष्ट्रिय एकता सुदृढ पार्न थप सहयोग पु(याउँदै आएको उल्लेख गर्नुभएको छ। उहाँले सन्देशमा गौरा पर्वको सांस्कृतिक, धार्मिक महìवलाई आगामी दिनमा अझ बढी प्रचारप्रसार गर्दै यसलाई राष्ट्रिय चाडका रूपमा स्थापित गर्न सबैले जोड दिन आवश्यक रहेको उल्लेख गर्नुभएको छ। 

गौरा पर्वले हाम्रो जीवनको सुखदुःखको कथा, इतिहास र परम्परा बोकेकाले तिनको संरक्षण र संवद्र्धन गर्नु राष्ट्रिय दायित्व भएको उहाँको सन्देशमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *