काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलिचत्र विकास बोर्डको अध्यक्ष पदका लागि १० जनाको नाम सार्वजनिक गरेको छ। चलचित्र विकास बोर्ड अध्यक्षका लागि गत असार ५ गते दरखास्त आह्वान गरिएको थियो। मन्त्रालयले सोमबार सूचना जारी गर्दै उम्मेदवारहरुको दरखास्त स्वीकृत गरिएको समेत जानकारी दिएको छ।
मन्त्रालयका अनुसार बोर्डको अध्यक्ष पदका लागि सुनसरीका अरुणकुमार प्रधान, काठमाडौं- ३२ का दिपक श्रेष्ठ,ललितपुर १ का नरेश कुमार पौडेल ,काठमाडौं ७ का निर्मल राज ढकाल, काठमाडौं ९ का भुवन केसी, काठमाडौं २६ का मनिष पण्डित, काठमाडौं १३ की सम्झना उप्रेती रौनियार, इलाम ७ का सुचित्र श्रेष्ठ, काठमाडौं ३२ का सुशील कुमार पोखरेल र काठमाडौं १० की सुष्मा कार्कीको उम्मेदवारी परेको छ।
छनौट भएका उम्मेदवारहरुको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्ताको मिति, समय र स्थानपछि तोकिने सूचनामा उल्लेख छ।