चितवन । प्रतिनिधिसभा सदस्यको लागि भएको उपनिर्वाचनको चितवन क्षेत्र नम्बर २ मा मतगणना शुरु भएको छ । मत उद्योग संघको प्रदर्शनी केन्द्रमा गन्न थालिएको हो ।
मतगणनाबारे नियम र निर्णयको लागि सोमबार बिहान बसेको सर्वदलीय बैठकले मतगणना दिउँसो देखि शुरु गर्ने सहमति गरेका थिए। सर्वदलीय बैठकको सहमतिपछि मत गन्न थालिएको हो ।
चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ लगायतका उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ ।