हुम्ला। चीन सरकारले हुम्लाको अदानचुली गाउँपालिकालाई पहिलो चरणमा सुचना प्रविधि सम्बन्धीका सामाग्री हस्तान्त्रण गरेको छ । आईतबार पुलान काउन्टी च्यानल डिकोरेसन कम्पनीले गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहलाई हिल्सा नाकामा बोलाएर सो सामाग्रि हस्तान्त्रण गरेको हो । चीनिया सरकारले पहिलो चरणमा सूचना प्रविधिका सामाग्रि प्रदान भएकोे गाउँपालिकाले जनाएको छ ।
आइतबार लेनोभा डेस्टप कम्प्युटर १९ वटा, प्रिन्टर १९ वटा, प्रोजेक्टर ४ वटा, नोटबुक कम्प्युटर ७ वटा, मोनिटर एक सय वटा, स्वीच मेसीन २० वटा, भिडियो रेकर्डर ८ वटा, नेटवर्क केबल ४ वटा, मोनिटर कालोमा १० वटा, डेमो क्यामरा ७ वटा र क्यास्टाल हेडर ५ वटा बुझेको गाउँपालिकाका अध्यक्ष मोहन विक्रम शिहंले बताए । यि समाग्रीहरु गाउँपालिका, वडा कार्यालय र सामुदायिक विद्यालयको लागि सहायता सामाग्रीहरु भएकाले गाउँपालिकामा ल्याएर आवश्यकता अनुसार वितरण गरीने अध्यक्ष सिंहले बताए । एक वर्षको निरन्तर प्रयासका बाबजुत यो सम्भव भएको बताए ।
चीनको तिब्बत स्वायत्त क्षेत्र, अली प्रिफेक्चरको पुलान काउन्टीको विदेश मामिला कार्यालयका अध्यक्ष, गाउँपालिकाका अध्यक्ष सिंह र यस अघिका प्रमुख प्रशासकीय अधिकृत हंस महताराले गएको फेब्रअरी १७ मा गाउँपालिकाका लागि ३ करोड १२ लाख २६ हजार ९ सय २८ रुपैया बराबरको सहायता प्रदानका लागि हस्ताक्षेर गरेका थिए । जस अन्र्तगत स्काभेटर ८० लाख, सुचना प्रबिधिका सहायता सामाग्रीहरुको लागि ९० लाख, पुर्वाधार विकास तर्फ लौठी स्वास्थ्य चौकी भवन निर्माणको लागि ७१ लाख १३ हजार ४ सय ६४ र सल्लाघारी नमुना माध्यामिक विद्यालय भवन निर्माणको लागि ७१ लाख १३ हजार ४ सय ६४ गरी जम्मा ३ करोड १२ लाख २६ हजार ९ सय २८ रुपैया बराबरको सहायता प्राप्त हुने छ ।
हस्ताक्षर अनुसार पहिलो चरणका केही सामाग्री आईतबार हुम्लाको हिल्सा नाकाबाट हस्तान्त्रण गरीएको छ । गाउँपालिकाका अध्यक्ष सिंह सहित उपाध्यक्ष कर्ण रोकाया, प्रमुख प्रशासकीय अधिकृत प्रदिप भण्डारी र ३ नम्बरका वडा अध्यक्ष डिलबहादुर फडेरा उक्त स्थानमा गई सहायता सामाग्रीहरु बुझेका हुन् । चिन सरकारले यतिबेला पहिलो चरणका लागि सुचना प्रबिधि सम्बन्धी सामाग्रीहरु पठाएको र एक स्काभेटर सहित अन्य केही सामाग्रि दोस्रो चरणमा पठाउने उनको भनाई छ । चिनिया सरकारले यतिबेला नेपालमा हुम्लाको अदानचुली गाउँपालिका र सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकालाई मात्र सहायता सामाग्रीहरु हस्तान्त्रण गरेको छ ।
अदानचुलि गाउँपालिका वडान ५ का अध्यक्ष तथा समाजिक विकास समिति संयोजक कमल बहादुर छत्यालले प्रस्तावना लेखन देखि अन्य समन्वयको महत्वपुर्ण भुमिका लेल्नुभएको थियो । नेपाल सरकार र चिन सरकारबीचको सहकार्य अन्तर्गत आयोजना पेश गर्न खोलिएको प्रस्तावना अनुसार अदानचुली गाउँपालिका, हुम्लाका तर्फबाट वडा अध्यक्ष छत्यालले तयार पारेको प्रपोजल र पालिका अध्यक्ष मोहन विक्रम सिंह तथा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हंस महताराको समन्वयमा मिति २०८१ असोज २० गते तिर्थराज छत्यालमार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रस्ताव पेश गरिएको थियो ।
निरन्तर समन्वय र प्रयासका फलस्वरूप प्रस्ताव स्वीकृत भई पहिलो चरणको सामग्री चिन सरकारबाट गाउँपालिकामा पुगेका प्रति अध्यक्ष सिंहले यस अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबै सरोकारवालाई धन्यवाद ज्ञापन गर्नुभएको छ । साथै, दोश्रो चरणमा माग गरिएको एक्साभेटरलगायतका सामग्री र भवन निर्माण सम्बन्धी कार्यहरूमा समेत चाँडै सहयोग प्राप्त हुने उनको विश्वास छ ।