च्याउ खाएर बिरामी परेका आमाछोरीको मृत्यु

काठमाडौं। दाङको बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेका आमाछोरीको उपचारको क्रममा मृत्यु भएको छ भने बुवाको अवस्था गम्भीर छ।

साउन २८ गते साँझ बंगलाचुली–४ भित्ताला जंगलबाट खोजेर ल्याएको जंगली च्याउ खाएर बिरामी परेका तीन जनामध्ये दुईजना अर्थात एकैघरका आमाछोरीको मृत्यु भएको हो। जंगली च्याउ खाएर गम्भीर बिरामी परेकी बंगलाचुली–४ मैकुटीमा बस्दै आएकी २७ वर्षीया ईश्वरी सुनारको उपचारका क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो।

यसअघि उनकी ११ वर्षकी छोरी अस्मिता सुनारको साउन ३२ गते उपचारका क्रममा बुटवलमा मृत्यु भएको थियो। मृतक ईश्वरी सुनारका श्रीमान् अजय सुनारको पनि अवस्था गम्भीर रहेको छ। उनको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *