जुम्ला पुगेर राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै डाक्टर अहिराज

जुम्ला । पूर्वप्रदेश प्रमुख एवं राजनीतिक विश्लेषक डा. राजेश अहिराजले क्षेत्री समाज राष्ट्रिय महासंघलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुभएको छ

शुक्रबार जुम्ला जिल्लाको सिंजामा पुगेर नागरिक समाजका र अभियन्ताकाबीच क्षेत्री समाज राष्ट्रिय महासंघका अध्यक्ष विष्णु खड्कालाई हस्तान्तरण गर्नुभएको हो ।

क्षेत्री समाज राष्ट्रिय महासंघलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै डा. अहिराजले भन्नुभयो, ‘जुम्लाको सिंजा जस्तो पुण्य भूमिमा सिंजाका नागरिक समाजबीच झण्डा हस्तान्तरण गर्न पाउँदा हर्षको अनुभूति भएको छ ।’ जिल्लाब्यापी भ्रमणमा रहनुभएका अहिराजले जुम्लाको सामाजिक, आर्थिक र जनजीविकाबारेको अध्ययन पनि गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *