टी–२० क्रिकेटमा ‘स्पट फिक्सिङ’ भएको प्रमाण फेला

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टी–२० क्रिकेटमा ‘स्पट फिक्सिङ’ भएको प्रमाण फेला परेकाे छ ।

पुस ९ देखि २७ गतेसम्म भएको खेलामा स्पट फिक्सिङ भएको आधारहरु देखिएको सीआईबीका प्रवक्ता तथा एसपी कमल थापाले बताउनु भयाे ।

उहाँका अुनसार क्रिकेट खेलसँग सम्बन्धित व्यक्तिहरुबाट स्पट फिक्सिङमा संलग्न भएको सम्भावना देखिएको छ । उहाँले भन्नुभयाे,’म्याच फिक्सिङ नदेखिएको तर स्पट फिक्सिङको पर्याप्त प्रमाण र आधारहरु देखिएको छ।’

फिक्सिङको आशंका भएपछि सीआईबीले डीएसपी सुन्दर तिवारीको संयोजकत्वममा ५ सदस्यीय छानबिन समिति बनाएको थियो । समितिले अनुसन्धान अन्तिम चरणमा पुर्‍याउँदै स्पट फिक्सिङ भएको प्रमाण र आधारहरु देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *