ठूलो परिमाणको विदेशी मुद्रासहित ४ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । प्रहरीले काठमाडौंबाट दुबई जान लागेका ४ जनालाई ठूलो परिमाणको विदेशी मुद्रासहित नियन्त्रणमा लिएको छ । बुधबार राती हिमालय एयरलाइन्सको विमानबाट दुबई जान लागेका सन्तोष पन्थी, दिपेश राना, सूर्यमणि भण्डारी र अनिश थापालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट विभिन्न देशका १ लाख ६२ हजार भन्दा बढी विदेशी मुद्रा बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएको विदेशी मुद्रामा ४१ हजार ४ सय अमेरिकी डलर, १ लाख १९ हजार ५ सय साउदी रियाल, १३ सय ओमानी रियाल र बहराइन दिनार ४ सय ८८ रहेको र त्यसको नेपाली मुद्रा सवार करोड जति हुने प्रहरीले जनाएको छ ।

उक्त रकम तस्करीका लागि जैजान लागेको हुनसक्ने प्रहरीको आशंका छ । पक्राउ परेकाहरु भने भरिया मात्रै भएको हुनसक्ने पनि प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *