डिजेल र पेट्रोलको मूल्यमा भारी मूल्यवृद्धि

काठमाडौं । सरकारले डिजेल र पेट्रोलको मूल्यमा भारी मूल्यवृद्धि गरेको छ ।  निगमले एकैपटक पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १०–१० रूपैयाँ बढाएको हो। 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै निगमले एकैपटक पेट्रोल र डिजेलको मूल्य १०–१० रूपैयाँले मूल्य बढाएको हो। निगमका अनुसार एलपी ग्यास तथा हवाई इन्धनको विक्री मूल्य भने हाललाई यथावत राखिएको छ ।

निगमका अनुसार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल समेतको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर १० रूपैयाँ वृद्धि गरेको हो। योसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७०, डिजेल र मट्टितेलको नयाँ खुद्रा विक्री मूल्य १५३ रूपैयाँ कायम गरिएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *