काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा ढुक्क भएर मतदान गरी आफ्नो मताधिकार प्रयोग गर्न देशबासीलाई अपील गर्नु भएको छ।
आज धनगढी उपहामनगरपालिकास्थित आफ्नै निवासबाट देउवाले एक अपिल जारी गर्दै भोलि वैशाख ३० गते हुन गइरहेको निर्वाचनमा ढुक्क भएर मतदात गर्न आग्रह गर्नु भएको हो। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारले सम्पूर्ण व्यवस्थापनलाई चुस्त दुरुस्त बनाएकाले निर्धक्क भएर मत दिन देउवाले अपिल गर्नु भएको हो।
‘बालिग मताधिकार तपाईं–हाम्रो संवैधानिक अधिकार र लोकतन्त्र आधारस्तम्भ हो, स्थानीय तहदेखि नै लोकतान्त्रिक अभ्यासमा सहभागी भइ लोकतान्त्रिक शासन पद्धतिको संस्थागत विकासमा योगदान पुर्याउन म सबैमा आग्रह गर्दछु,’ प्रधानमन्त्री देउवाको अपिलमा भनिएको छ।