तारा एयरद्धारा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको भन्दै दुख व्यक्त

काठमाडौं। सोमबार एक विज्ञप्ति जारी गर्दै तारा एयरले दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएकोप्रति स्तब्ध भएको जनाएको छ। विज्ञप्तिमा तारा एयरले जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको भन्दै दुख व्यक्त गरेको हो।

आइतबार बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी जहाज मुस्ताङको घोडेपानीबाट जोमसोम टावरसँग अन्तिमपटक सम्पर्क भएको थियो। तारा एयरले जहाज दुर्घटनाग्रस्त अवस्थामा १४ हजार ५०० फिटको उचाइमा मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भीरमा भेटिएको जनाएको छ। जहाजमा ३ जना चालक दलका सदस्य र १९ यात्रु गरी २२ जना थिए।

सबैजनाको निधन भएको छ। जहाजमा दुई जर्मनी , ४ भारतीय र १३ जना नेपाली नागरिकको मृत्यु भएको हो । दुर्घटनामा चालक दलका सदस्य पाइलट प्रभाकर घिमिरे, कोपाइलट उत्सव पोख्रेल र विमान परिचारिका किस्मी थापाको मृत्यु भएको छ ।

सोमबार बिहानैदेखि हवाई तथा स्थलमार्गबाट खोजि गर्दा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो। अहिले दुर्घटनास्थलमा शव संकलन कार्य भइरहेको तारा एयरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *