तोलामा १ हजार ४ सय रुपियाँले बढ्यो सुनको मूल्य

काठमाडौं। आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य शुक्रबारको तुलनामा आज तोलामा १ हजार ४ सय रुपियाँले बढेको छ ।

शुक्रबार प्रतितोला ९३ हजार १ सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार तोलामा १ हजार ४ सय रुपियाँले बढेर ९४ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजाबी सुनको मूल्य ९४ हजार रुपियाँ रहेको छ ।

यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी तोलामा ५० रुपियाँले बढेर १२ सय ७५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *